Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संविधान र संघीय गणतन्त्रलाई जनताका घर घरमा पुर्‍याउन जरुरी छ : शेखर कोइराला

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गलत कामका विरुद्ध विद्रोह र असहमति जरुरी रहेको बताएका छन् ।

मंगलबार विराटनगरमा कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेताहरू वा शासकहरूले गलत गरिरहेका छन् भने विद्रोह गर्नुपर्ने बताए । नेता कोइरालाले बीपी कोइरालाले भनेजस्तो विद्रोह र असहमति राख्नसक्नुपर्ने बताए ।

२०६२–०६३ को जनआन्दोलन पनि तत्कालीन राजा ज्ञानेन्द्रको गलत कदमको प्रतिफल स्वरुप विद्रोह भएको उल्लेख गर्दै उनले जनआन्दोलनबाट प्राप्त भएको संविधान र संघीय गणतन्त्रलाई जनताका घर घरमा पुर्‍याउन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077