Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमत पार्टीका मन्त्रीद्धय यादव र सिंहले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं । मधेश प्रदेश सरकारमा सहभागी भएका जनमत पार्टीका मन्त्रीद्वयले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा बुझाएका छन् ।

मुख्यमन्त्रीको निवासमा पुगेर मंगलबार साँझ शिक्षा तथा संस्कृति मन्त्री एवं जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मुख्यमन्त्री यादव समक्ष राजिनामा बुझाएका हुन्।

मंगलबार जनमत पार्टीले मधेसमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। फिर्ता लिएसँगै सरकारमा सहभागी दुई मन्त्रीले राजिनामा बुझाएका हुन्।

सोमबार सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा सहभागी भएका शिक्षा मन्त्री यादव लगायत नेताहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077