Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

व्यवस्था परिवर्तन भए बैंकमा रहेको घर जग्गाको लालपुर्जा फिर्ता गर्छौं : दुर्गा प्रसाईं

बुटवल । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँले व्यवस्था परिवर्तन भए जनताको बैंकमा रहेको घर जग्गाको लालपुर्जा फिर्ता गर्ने बताएका छन् ।

आज बुटवलमा आयोजना गरिएको ‘अञ्चलस्तरीय‘ कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईँ अहिलेको व्यवस्थाले जनताको हितमा काम नगर्ने भन्दै यस्तो बताएका हुन् ।

उनले फागुन १ गतेबाट अहिलेको राज्य व्यवस्थाविरुद्ध नयाँ अभियान सुरुवात हुने घोषणा गरे ।

प्रसाईँले अहिले देश तस्कर र सीमित मारवाडी समूहको कब्जामा रहेको दाबी गर्दै बैङ्क तथा वित्तीय संस्थाको कारण जनता मर्ने वातावरणबाट बचाउनको लागि अहिलेको अभियान भएको बताए ।

देश यस्तो हुनुमा ठुला दलको हात रहेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077