काठमाडौं । एसियन कप फुटबलमा भारत समूह चरणको सबै खेलमा हारेर प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार भएको समूह चरणको अन्तिम खेलमा सिरियासँग १–० ले हारेपछि भारतले सबै खेल हारेको हो ।
यस्तै समूह बी को अर्को खेलमा अष्ट्रेलिया र उज्बेकिस्तान १–१ को बराबरी खेल्दै समूहको पहिलो र दोस्रो हुँदै नकआउटमा पुगेका छन् ।
अष्ट्रेलियाको ३ खेलमा ७ अङ्क छ भने उज्वेकिस्तानको ५ अङ्क छ । सिरिया ४ अङ्क सहित तेस्रो स्थानमा छ ।