Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानविरूद्ध नेपाललाई दोस्रो झड्का, अर्जुन र आकाश आउट

काठमाडौं । आईसीसी यू-१९ विश्वकपमा नेपाली टोलीका प्रमुख ब्याटर अर्जुन कुमाल पाकिस्तानविरुद्ध सुरुवातमै आउट भएका छन्।

अर्जुनलाई पाँचौं ओभरको दोस्रो बलमा अहमद हसनले ६ रनमा बोल्ड आउट गरेका हुन् । पहिलो खेलमा अर्जुनले न्युजिल्यान्डविरुद्ध ९० रनको इनिङ खेलेका थिए ।

नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । नेपालले ५ ओभरमा दुई विकेट गुमाउँदै ४३ रन बनाएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दुई विकेट गुमाइसकेको छ। ओपनिङ ब्याटर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भए।

अर्जुनले न्युजिल्यान्डविरुद्धको अघिल्लो खेलमा ९० रन जोडेका थिए। यस्तै आकास त्रिपाठी ६.५ ओभरमा पाकिस्तानका अहमेद हुसेनको बलमा ६ रनमै क्याच आउट भए।

त्यतिबेला नेपालले ४३ रन जोडेको थियो। अहिले ओपनिङ ब्याटर विपिन रावल र कप्तान देव खनाल खेलिरहेका छन्।

न्युजिल्यान्डविरुद्ध खेलेका दीपक बोहरा 'ए', दिपक बोहरा 'बी' र तिलक भण्डारी आजको टिममा छैनन्।आज विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्तालाई खेलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077