Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नश्लीय व्यवहारप्रति संवेदनशील बन्न आईजीपी कुँवरलाई मधेशी आयोगको ध्यानाकर्षण

    नश्लीय व्यवहारप्रति संवेदनशील बन्न आईजीपी कुँवरलाई मधेशी आयोगको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 687
    SHARES

    काठमाडौं । मधेशी आयोगले नेपाली समाजमा अझै पनि समस्याका रुपमा रहेको नश्लीय व्यवहारप्रति संवेदनशील बन्न नेपाल प्रहरीको ध्यानाकर्षण गराएको छ।

    आयोगका अध्यक्ष विजयकुमार दत्तले प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई मधेशी समुदायलाई लक्षित गरी हुने गरेका गालीगलौजप्रति संवेदनशील बन्न ध्यानाकर्षण गराएका हुन् ।



    अध्यक्ष दत्तले मधेशी समुदायलाई लक्षित गरी हुने गरेका गालीगलौज, अपमानजनक शब्द र नश्लीय व्यवहार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराए। अध्यक्ष दत्तले समाजमा चारैतिर यस्तो विभेद कायम रहेपनि प्रहरीले त्यस्ता उजुरीलाई संवेदनशीलरुपमा नलिने गरेको गुनासो गरेका थिए ।



    आयोगको कार्यलयमा भएको अध्यक्ष दत्त र महानिरीक्षक कुँवरबीचको भेटमा नश्लीय व्यवहारसँग सम्बन्धित उजुरी र तिनमाथि कारबाहीको अवस्थाबारे छलफल भएको थियो ।

    त्यस्तै, अध्यक्ष दत्तले तराई मधेशमा दिन प्रतिदिन बढ्दै गएको घरेलु हिँसालाई रोकथाम गर्न समेत आयोग र प्रहरीको समन्वयकारी भूमिका आवश्यक रहेको बताएका थिए ।

    सो बैठकमा बोल्दै आईजीपी कुँवरले प्रहरी नश्लीय व्यवहारको घटनाप्रति सचेत रहेको र आयोगसँग समन्वय तथा सहकार्य गरी आगामी दिनमा यस्ता घटनाहरुलाई न्यूनीकरण गर्न आवश्यक रणनीति बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    भेटमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकराज तामाङ, वरिष्ठ प्रहरी उपरीक्षक शिशिर खनाल र आयोगकी उप-सचिव सविता डंगोल सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार