Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभामुख घिमिरे र संयुक्त राष्ट्रसंघका उपमहासचिव नाकामित्सुबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव इजुमी नाकामित्सुले भेट गरेकी छिन्। उपमहासचिव नाकामित्सु र सभामुख घिमिरेबीच बिहीबार भेट भएको हो।

भेटमा हतियार निशस्त्रीकरणमा राष्ट्रसंघ तथा नेपालले गरेका प्रयासहरु, साना र हलुका हतियार सम्बन्धी कार्य योजना, अन्तर्राष्ट्रिय सन्धि अनुमोदन लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुख घिमिरेले संयुक्त राष्ट्र संघ, निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिद्वारा महासभामा गरिएका प्रयासहरू, निशस्त्रीकरण मामिलाहरूमा संयुक्त राष्ट्र संघ कार्यालयले गरेका विश्वव्यापी निशस्त्रीकरण प्रयासहरूको सराहना गरेका थिए।

सभामुख घिमिरेले नेपाल बुद्ध जन्मिएको देश भएको उल्लेख गर्दै शान्तिपूर्ण समाधान, अन्य राज्यहरूको आन्तरिक मामिलामा धम्की वा बल प्रयोग नगर्ने र हस्तक्षेप नगर्ने सिद्धान्तहरूको समर्थन गर्ने बताएका थिए।

भेटमा संयुक्त राष्ट्रसंघका उपमहासचिव नाकामित्सुले नेपालको संसद्‌ले विस्तृत आणविक परीक्षण प्रतिबन्ध सन्धि र आणविक हतियार निषेध सन्धि अनुमोदन गर्ने विश्वास व्यक्त गरेकी थिइन्। जवाफमा सभामुख घिमिरेले सरकारसँगको समन्वयमा सन्धि अनुमोदनबारे संसदले गृहकार्य गर्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077