Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशमा सुरु भयो मतगणना

विराटनगर ।  कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ। विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा मतगणना सुरु भएको हो।

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारू उपस्थित भएनन्।

स्थानीय तहका दुई सय ७४ मतदातामध्ये झापाको झापा गाउँपालिका अध्यक्ष जयनारायण साह भ्रष्टाचार आरोपमा निलम्बित रहेका कारण उनको नाम मतदाता नामावलीबाट हटेको छ।

सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन्।

कोशीमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ। सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग नेकपा एमालेकी रुक्मिणी कोइराला भिड्दै छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077