Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जंगली जनावरको छाला, सिङ र भरुवा बन्दुकसहित शाही पक्राउ

    जंगली जनावरको छाला, सिङ र भरुवा बन्दुकसहित शाही पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 663
    SHARES

    अछाम । अछाममा जंगली जनावरको छाला, सिङ र भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मंगलसेन नगरपालिका –१२ ठाँटीका ३१ वर्षीय टंकबहादुर शाही रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनलाई बिहीबार घरबाटै नियन्त्रणमा लिइएको हो ।



    शाहीको साथबाट १० थान जनावरका सिङ, आठ थान खुरसहितका खुट्टा, टाउको सहितको दुई वटा छाला, सिसा र फलामका २–२ गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।



    खुट्टा, सिङ, मासु ११ किलोग्राम रहेको र डिभिजन वन कार्यालय पठाएको बताइएको छ । पक्राउ परेका शाहीलाई अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार