Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी २० वर्षपछि पक्राउ

    कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी २० वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 1K
    SHARES

    सङ्खुवासभा । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाकी कैली तामाङ रहेकी छिन् ।

    कर्तव्य ज्यान मुद्दामा २० वर्षको सजाय तोकिएपछि फरार रहेको तामाङलाई इलाका प्रहरी कार्यालय चैनपुरले बुधबार पक्राउ गरेको हो ।



    तामाङले २०६० फागुन १० गते स्थानीय मङ्गल लिम्बु र योगेन्द्र दाहाललाई खुकुरी प्रहार गरेर मारी गाउँ नजिकैको बतासे भन्ने भिरबाट फ्याकेर फरार रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।



    घटनापछि फरार भएका तामाङ विभिन्न समयमा विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएकोमा पछिल्लो समय मोरङको केराबारीमा रहेको सूचनाको आधारमा पक्राउ गरिएको हो ।

    तामाङलाई बिहीबार जिल्ला अदालत चैनपुरमा उपस्थित गराइएपछि कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय खाँदबारी पठाइएको सङ्खुवासभा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार