Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रिप्टो कारोबार गर्ने दुई जनाविरूद्ध मुद्दा दर्ता, १४ करोडको बिगो माग

काठमाडौंं । अभौतिक मुद्रा युएसडिटी क्वाइन (क्रिप्टो करेन्सी) को कारोबार गर्ने दुई जनाविरूद्ध मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान विभागले शुभम कुमार यादव र रोहन चौधरीविरूद्ध मुद्दा दायर गरेको हो ।

करिब ५ महिनाको सूक्ष्म अनुसन्धानपश्चात् उनीहरूविरूद्ध मुद्दा दर्ता भएको विभागले जनाएको छ।

प्रतिवादी शुभम कुमार यादवले बाइनान्स एप र को पिटुपी च्यानलको प्रयोग गरी अभौतिक मुद्राको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ ।

साथै, शुभम कुमार यादवले कारोबारको रकम राख्न तथा झिक्ने प्रयोजनका लागि उनकै साथी रोहन चौधरीको खाता प्रयोग गर्ने गरेको थाहा भएको छ ।

उनीहरूलाई विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७ बमोजिमको सजाय मागदाबी गरी अभियोग दायर गरेको गरिएको छ । उनीहरुसँग १४ करोड बिगो मागदाबी गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077