Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारामा नेपाली सेनाको शान्ति कार्य लजिष्टिक केन्द्र उद्‍घाटन

बारा । बाराको जितपुरमा निर्मित श्री शान्ति कार्य लजिष्टिक केन्द्र स्थापना गरिएको छ । बिहीबार प्रधान सेनापति प्रभुराम शर्माले सो केन्द्रको उद्‍घाटन गरेका हुन् ।

शान्ति स्थापना कार्यको लागि विश्वका विभिन्न मुलुकहरुमा नेपाली शान्ति सैनिकहरु खटिँदा आवश्यक पर्ने बन्दोबस्तीका सामग्रीहरुको भण्डारण, सम्भार तथा वितरण कार्यका लागि यस लजिष्टिक केन्द्रको स्थापना गरिएको नेपाली सेनाले जनाएको छ ।

लजिष्टिक केन्द्रमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरुका लागि बन्दोबस्ती क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न बन्दोबस्ती तालिम सञ्चालन हुनेछ।

यस्तै, उक्त केन्द्रमा मेन्टिनेन्स वर्कसप समेत सञ्‍चालन हुने नेपाली सेनाले जनाएको छ। तीन चरणमा निर्माण सम्पन्न गर्ने योजनासहित माघ ३ गतेबाट लजिष्टिक केन्द्रको निर्माण कार्य सुरु भएको थियो ।

उद्‍घाटन समारोहमा रथीवृन्द, अधिकृत लगायत सकलदर्जाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077