Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पौडेलद्वयलाई सात दिन थुनामा राख्न अदालतको अनुमति

    पौडेलद्वयलाई सात दिन थुनामा राख्न अदालतको अनुमति

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 657
    SHARES

    काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेका पौडेलद्वयमाथि अनुसन्धानका लागि विशेषले अख्तियारलाई सात दिनको अनुमति दिएको हो ।



    उनीहरूलाई बुधबार पक्राउ गरेको अख्तियारले आज विशेष अदालतमा उपस्थित गराएको थियो । सेक्युरिटी प्रिटिन्ङ घोटाला प्रकरणमा जोडिएपछि निलम्बनमा परेका पौडेलद्वयलाई अख्तियारले बुधबार पक्राउ गरी मुद्दा दायर गरेको थियो ।



    अख्तियारले गत असोज १५ गते पौडेलसहितका व्यक्तिविरुद्ध रु २३ करोड २७ लाख ५८ हजार बिगो माग दाबी र वैशाखमा विकलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड मागदाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार