Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति पौडेल र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता

    राष्ट्रपति पौडेल र अष्ट्रेलियाका राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 513
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता भएको हो ।



    त्यस अवसरमा नेपाल र अस्ट्रेलियाबिचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



    राष्ट्रपति पौडेलले दक्षिण–पूर्वी एसिया तथा प्रशान्त क्षेत्रको समृद्ध अर्थतन्त्रको हैसियतले मात्र नभई विश्व आर्थिक मञ्चमा अस्ट्रेलियाको महत्त्वपूर्ण उपस्थिति रहेकाले नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक एवं आर्थिक विकासमा अस्ट्रेलियाको सहयोग आगामी दिनमा अझ वृद्धि हुने विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार