Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चोरीको मोटरसाइकलसहित दुर्गा पक्राउ

    चोरीको मोटरसाइकलसहित दुर्गा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई काठमाडौंको धुम्बाराहीबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका-१ घर भएका ३३ वर्षीय दुर्गा लामा रहेका छन् ।

    बागमती प्रदेश ०२-०२९ प ९७ ९२ नम्बरको मोटरसाइकल काठमाडौंको चण्डौल स्थित कृष्णमन्दिर नजिकबाट हराएको भनि यही माघ ९ गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्‍त भएको थियो ।



    वास्तविक नम्बर परिवर्तन गरी वैकल्पिक नम्बर प्लेट तयार गरिरहेको अवस्थामा निज लामालाई विहीबार काठमाडौँको धुम्बाराहीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।



    ट्राफिक प्रहरीको टोलीले लामाको साथबाट मोटरसाइकल, हेण्डल लक तोड्ने ‘टी’, चाबी र वैकल्पिक नम्बर प्लेटसहित फेला पारेको हो । नियन्त्रणमा लिइएका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार