Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सहायक वन अधिकृत पार्दे सात हजार घुससहित पक्राउ

    सहायक वन अधिकृत पार्दे सात हजार घुससहित पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 780
    SHARES

    काठमाडौं । सव डिभिजन वन कार्यालय राँझा बाँकेका सहायक वन अधिकृत नारायण पार्दे घुससहित पक्राउ परेका छन् ।

    ७ हजार घुस र स्रोत नखुलेको ४५ हजार ९ सय ७५ रुपैयाँसहित पार्देलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।



    काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।



    उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार