Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीआईजी केसीले गरे सुदूर पहाडका ७ जिल्लाका प्रहरी प्रमुखसँग छलफल, दिए यस्तो निर्देशन

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

डीआईजी केसीले शुक्रबार प्रदेशअन्तर्गत रहेका ७ वटा पहाडी जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल मिटिङमार्फत आवश्यक निर्देशन दिएका हुन् ।

उनले सुदूर पहाडका सात जिल्लाका प्रमुखहरुसँग भर्चुअल माध्यमबाट छलफल गर्दै निर्देशन दिएको बताइएको छ । सो क्रममा डीआइजी केसीले जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्थाको सम्बन्धमा जानकारी लिएका थिए ।

यस्तै आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयहरुमा कार्यरत प्रहरी जनशक्तिलाई आवश्यक निर्देशन दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077