Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विकास– निर्माणमा सरकार असफल भएको एमाले महासचिव पोखरेलको आरोप

    विकास– निर्माणमा सरकार असफल भएको एमाले महासचिव पोखरेलको आरोप

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 450
    SHARES

    बागलुङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन् ।

    एमाले बागलुङले आयोजना गरेको कार्यकर्ता भेटमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।



    महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए ।



    उनले राजश्व संकलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताए ।

    आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उनले पार्टी संगठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताए ।

    राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार