Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दुई लाख २५ हजारको अवैध सामानसहित पाँचजना पक्राउ

    दुई लाख २५ हजारको अवैध सामानसहित पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 606
    SHARES

    बाँके । बाँके प्रहरीले नेपालगन्ज ल्याइँदै गरेको अवैध सामग्रीसहित पाँच जनालाई पक्राउ गरेको छ ।

    भारतबाट ल्याउँदै गरेको दुई लाख २५ हजार दुई सय रुपैयाँ बराबरको अवैध सामानसहित पाँच जनालाई आइतबार बिहान नेपालगन्ज उपमहानगरपालिका १२ बाट पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले कुर्ता, सल्वारलगायतका सामग्री, तस्करीमा प्रयोग गरिएका भारतीय नम्बर प्लेटको मोटरसाइकल र साइकलसहित तस्करीमा संलग्न पाँचजनालाई पक्राउ गरेको जनाएको छ ।



    उक्त अवैध सामान, मोटरसाइकल, साइकलसहित पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार