Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अर्काको नागरिकता दुरुपयोग गरी बैंक खाता खोल्ने सरस्वती पक्राउ

    अर्काको नागरिकता दुरुपयोग गरी बैंक खाता खोल्ने सरस्वती पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अर्काको नागरिकता दुरुपयोग गरी बैंक खाता खोल्ने महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नम्बर २० बस्ने ४० वर्षीया सरस्वती खड्का रहेकी छिन् ।



    उनलाई अर्काको नागरिकता प्रयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिहरुलाई चेक दिएर दुरुपयोग गरेको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    पक्राउ परेकी खड्काविरुद्ध बैंकिङ कसुर सजाय ऐन २०६४ बमोजिम जिल्ला प्रहरी परिसर, काठमाडौंबाट अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार