Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मंगलबारदेखि सरकारी कार्यालय पाँच बजेसम्म खुला रहने

    मंगलबारदेखि सरकारी कार्यालय पाँच बजेसम्म खुला रहने

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 438
    SHARES

    काठमाडौँ । मङ्लबार (भोलि) देखि देशभरका सम्पूर्ण सरकारी कार्यालय साँझ पाँच बजेसम्म खुल्ने भएका छन् ।

    सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो ।



    सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् ।



    शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ । सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार