Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • समाजमा जागरुकता र चेतना फैलाउन जरुरी छ : उपराष्ट्रपति यादव

    समाजमा जागरुकता र चेतना फैलाउन जरुरी छ : उपराष्ट्रपति यादव

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 375
    SHARES

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शहीदको सम्मानका लागि त्याग र आहुतिको स्मरण गर्दै समाजमा जागरुकता र चेतना फैलाउन जरुरी रहेको बताएका छन् ।

    शहीद दिवस, २०८० को अवसरमा एक सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले सो कुरा बताएका हुन् । उनले शहीदका बलिदानको ऋण तिर्न नसकिने पनि बताए ।



    उपराष्ट्रपति यादवले वीर शहीदहरुको सपना र आकांक्षा साकार पार्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत सबैले दृढ सङ्कल्प, उच्च अठोट, पवित्र मन, वचन र कर्मका साथ लाग्नुपर्ने बताएका छन्।



    उपराष्ट्रपति यादवले महान् शहीदको बलिदानबाट प्राप्त उपलब्धिहरुको माध्यमबाट मुलुकको दिगो शान्ति, सुशासन, विकास, सबलीकरण, समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने बताएका छन्।

    नेपालजस्तो विविधतामा एकताको धनी र संस्कृति सम्पन्न मुलुकमा समय–समयमा कुनै न कुनै महापुरुषले जन्म लिई देशको सुरक्षा, लोकतन्त्र, समावेशिता र पहिचानका लागि आफ्नो ज्यानको आहुति दिएको यादवले उल्लेख गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार