Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • वसन्त पञ्चमीलाई सकारात्मकता भर्ने तिथिका रुपमा मनाऔँ : उपराष्ट्रपति यादव

    वसन्त पञ्चमीलाई सकारात्मकता भर्ने तिथिका रुपमा मनाऔँ : उपराष्ट्रपति यादव

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 363
    SHARES

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वसन्त श्रवण र सरस्वती पूजाले सिङ्गो मानव जीवनमा सधैँ ऊर्जाशील र नयाँ खोज गर्न प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् ।

    वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस दिनले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाइ देशलाई समृद्धितर्फ उन्मुख गराउन सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनेका छन् ।



    उपराष्ट्रपति यादवले सन्देशमा देशमा सामाजिक तथा धार्मिक एकता एवं सहिष्णुता, परस्पर विश्वास, सहयोग, मैत्रीभाव, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्दै मुलुकलाई एकताको सूत्रमा बाँध्दै लगेको उल्लेख गरेका छन्।



    वसन्त पञ्चमीलाई सबै पुण्य कार्यका लागि शुभ मानिने जनाउँदै उनले यस शुभ अवसरलाई सबैले आ–आफ्नो नकारात्मक सोच र मानसिकता परित्याग गर्दै आफूभित्र सकारात्मकता भर्ने महत्वपूर्ण तिथिका रुपमा मनाउन सक्नुपर्ने बताए ।

    वसन्त पञ्चमी हिन्दू, बौद्ध र मुस्लिम धर्मावलम्बीको त्रिवेणी उत्सवरुपमा पाइएको उल्लेख गर्दै उनले आपसी द्वन्द्व, द्वेष, राग, वैमनस्यता र उच्छृङ्खलता बिर्सेर परस्पर खुसी साटासाट गर्न वसन्त पञ्चमीले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार