Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ग्याल्बो ल्होसारले पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने उपराष्ट्रपतिको विश्वास

    ग्याल्बो ल्होसारले पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने उपराष्ट्रपतिको विश्वास

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 342
    SHARES

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व एवं नयाँ वर्ष ग्याल्बो ल्होसार–२१५१ले नेपालीबिच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    ग्याल्बो ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दे उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।



    ग्याल्बो ल्होसारको उपलक्ष्यमा देश र विदेशमा रहेका शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उनले राष्ट्रिय एकतालाई थप बलियो, सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई जीवन्त बनाउन सहयोग गर्ने बताए ।



    उपराष्ट्रपति यादवले खुसीयाली साट्ने यो पर्वको अर्को महत्त्वपूर्ण विशेषता भनेको सामूहिक रूपमा एक अर्काको हात समाएर सुख दुःखको गीत गाउँदै स्याब्रु नृत्य गर्नु र मौलिक–परम्परागत पहिरन लगाउनुले शेर्पा समुदाय आफ्नो संस्कृति जोगाउन सचेत रहेको सन्देश अन्य समुदाय, सम्प्रदाय, धर्मावलम्बीलाई पनि दिएको उल्लेख गरेका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार