Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सहिद दिवसको शुभकामना दिँदै राष्ट्रपतिले भने - आफ्नो संविधान आफैं बनाएका छौं

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहिदहरूको बलिदानद्वारा आफ्नो संविधान आफैं बनाएका बताएका छन् ।

सहिद दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले जनता आफैंले बनाएको संविधानमार्फत हामीले सर्वोत्कृष्ट शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र पाएको उल्लेख गरे ।

संविधान र गणतन्त्रले परिलक्ष्य गरेकोमर्मलाई आत्मसात गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनले बताए।

‘महान् सहिदहरूको बलिदानद्वारा हामीले आफ्नो संविधान आफैं बनाएका छौं। जनता आफैंले बनाएको संविधानमार्फत हामीले सर्वोत्कृष्ट शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौं।’ पौडेलले शुभकामना सन्देशमा भनेका छन्, ‘संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ। संविधान र गणतन्त्रले परिलक्ष्य गरेको यही मर्मलाई आत्मसात गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने मैले ठानेको छु।’

उनले जनताको स्वाधिनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077