Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रचण्डबाटै सहिदहरूको अवमूल्यन गर्ने काम भयो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बाटै सहिदहरूप्रति अवमूल्यन गर्ने काम भएको बताएका छन्।

विराटनगरमा समुदायमा कांग्रेस अभियान सुरू गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले प्रधानमन्त्रीबाटै सहिदहरूको अवमूल्यन हुने काम भएको आरोप लगाए।

नेता कोइरालाले भने,‘प्रजातन्त्रका निम्ति बलिदानी दिएका सहिदहरूको अवमूल्यन प्रधानमन्त्रीबाटै भएको छ । प्रधानमन्त्रीजीले तीन हजार सहिद थप गर्ने कुरा गर्नु भएको छ। सहिद दिवसका दिन सहिदहरूलाई अवमूल्यन गर्नु भएन।सहिदको संख्या थप गर्दा सहिदकै अपमान हुने मैले बुझेको छु।’

सहिदको वास्तविक परिभाषालाई अगिंकार गरेर अघि बढ्नुपर्ने उनले बताए। उनले कांग्रेसका नेताहरूले समुदायमा पुगेर जनभावना बुझ्ने बताए।

उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात गर्दै सच्चिएर कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077