Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिराहामा नयाँ सिडिओ खटाइयो, एसपी रिक्त

काठमाडौं । गृह मन्त्रालयले सिराहा नयाँ सिडिओ खटाएको छ ।

सहसचिव वासुदेव दाहाललाई सिराहाको सिडिओमा खटाइएको छ । सोमबार त्यहाँका सिडिओ राजेन्द्रदेव पाण्डेलाई हटाइएको थियो ।

सिडिओसँगै एसपी टेकुनन्द लिम्बुलाई पनि हटाइएको थियो । तस्करीको लाइन खुलाएको लगायत उजुरीमा सिडिओ र एसपीलाई कारबाहीस्वरुप एकै पटक हटाइएको थियो ।

नयाँ सिडिओ भोलिपल्टै पठाइए पनि एसपीमा भने कुरा नमिल्दा निर्णय हुन सकेको छैन ।

प्रहरी प्रधान कार्यालयले सिराहासहित १० जिल्लाका एसपीको सरुवा तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077