Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवाका ज्वाइँको सिंगल डीआईजी बढुवा हुने सपना तुहियो

काठमाडौं । सशस्त्र प्रहरी बलका एसएसपी दीपेन्द्र कुँवरको डीआईजी बढुवा हुने सपना चकनाचूर भएको छ । सशस्त्र प्रहरी अस्पतालका डीआईजी किशोर प्रधान डीआईजीको ४ बर्षे अवधिका कारण अवकाशमा जाने भएपछि रिक्त हुने पदमा बढुवाका लागि उनी लागेका थिए ।

तर गृहमन्त्री नारायणकाजी श्रेष्ठको सिफारिसमा सरकारले डीआईजी प्रधानको १ बर्ष म्यादथप गरिदिएपछि कुँवरको सपना तुहिएको हो ।

गएको पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ६५ को उपनियम २ बमोजिम सशस्त्रका डीआईजी प्रधानको एक बर्ष पदावधि थप गरेको थियो ।

डीआईजी प्रधानको ४ बर्षे कार्यकाल पूरा भएको थियो । सशस्त्र प्रहरी बलको डीआईजीको कार्यकाल ४ बर्ष हुन्छ । सरकारले चाहेमा १ बर्ष कार्यकाल थप गर्नसक्छ ।

आर्थिक प्रशासनका एसएसपी कुँँवर कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा भानु देउवाका बहिनी ज्वाइँ हुन् । भानुले नै उनलाई कनिष्ट भए पनि एसपीबाट एसएसपीमा बढुवा गर्दा वरियतामा एक नम्बरमा ल्याउन दबाब दिएका थिए । जुन कुराको त्यो बेला चर्को बिरोध पनि भएको थियो ।

सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले पनि किशोर प्रधानको १ बर्ष म्यादथप गर्नका लागि लागेका थिए । अर्यालले नै बागमती प्रदेशको डीआईजीबाट सशस्त्र प्रहरी अस्पतालको प्रमुखमा सरुवा गरेका थिए । अस्पतालमा बार्षिक दसौं करोडको उपकरण लगायतका औषधि खरिद हुने गर्दछ ।

खरिदमा सेटिङ मिलाउन उनलाई अस्पतालको प्रमुखमा पठाइएको थियो । अस्पतालका मेडिकल प्रमुख डा. रुपक महर्जनको खरिद प्रक्रियामा कुनै रुची नभएकाले पनि आईजीपी अर्यालले डीआईजी प्रधानलाई पठाएका थिए ।

यसअघि तत्कालीन आईजीपी शैलेन्द्र खनालले एसएसपी भरत अधिकारीलाई सशस्त्र प्रहरीको अस्पतालको प्रमुख बनाएका थिए । खनालले पनि अधिकारीमार्फत् नै अस्पतालको खरिदमा चलखेल गरेका थिए ।

तनहुँका डीआईजी प्रधानले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अनुनय बिनय गरी एक बर्ष म्यादथप गराएका थिए । प्रधान यसअघि लुम्बिनी प्रदेश, बागमती प्रदेशको डीआईजी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077