Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एसपीबाट एसएसपीमा बढुवा भएका बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान

    एसपीबाट एसएसपीमा बढुवा भएका बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । प्रहरी उपरीक्षक(एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)पदमा पदोन्नति भएका रमेश कुमार बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरको माघ १६ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका बस्नेतलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    माघ ७ मा बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो ।



    जनपदतर्फ प्रहरी वरिष्ठ उपरिक्षक मोहन पोखरेल अवकाशमा गएपछि रिक्त दरबन्दीमा बस्नेत बढुवा भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार