Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सुन तस्करी प्रकरण : उच्च पदस्थमाथि अनुसन्धान बढाउँदै आयोग

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उच्च पदस्थमाथि सोधपुछ तथा अनुसन्धान अघि बढाएको छ।

आयोगले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य, जिल्ला सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख अच्युतमणि न्यौपाने, अध्यागमन विभागका पूर्व महानिर्देशक झलकराम अधिकारी, एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाललगायत माथि सोधपुछ गरेको हो।

त्यसै गरी सुन तस्करी प्रकरणमा थुनामा रहेका, तारेखमा छुटेका र सीआईबीले अनुसन्धान छाडेका व्यक्तिसमेतलाई बयान लिएको छ।

ब्रेक सु र भेप प्रकरणमा संलग्न भई थुनामा रहेका, तारेखमा छुटेका र सङ्कास्पद व्यक्तिमाथि धमाधम बयान लिइरहेको आयोगले जनाएको छ।

हालसम्म थुनामा रहेका ३२ प्रतिवादी र सीआईबीले छाडेका १३ संकास्पद व्यक्तिसँग बयान लिएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिए । त्यस्तै, विभिन्न निकायका ३० जनासँग पराशर्म तथा सोधपुछ गरेको उनको भनाइ छ ।

यसै हप्तामा संसद्को राज्य व्यवस्था तथा सुशासन र अर्थ समितका सभापति, कांग्रेस, एमाले, माओवादी, जसपाका प्रमुख सचेतक तथा सचेतकहरूसँग समेत पराशर्म गरेको आचार्यको भनाइ छ।

यसका साथै भन्सार कार्यालयसँग आयोगले सुन तस्करीमा संलग्न बाबुराम दोङ, चन्द्र घलेलगायतको अनुसन्धान प्रतिवेदनसमेत मागेर अध्यायन गर्दै गरेको जनाएको छ।

सोमबार सीआईबीकी प्रमुख बज्राचार्यलाई सिंहदरबारस्थित कार्यालयमा बोलाएर आयोगका पदाधिकारीहरूले सोधपुछ गरेका थिए। नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077