काठमाडौं । एफसी एसियन कप फुटबलमा बहराइनलाई हराउँदै जापान क्वाटरफाइनमा प्रवेश गरेको छ ।
कतारमा भइरहेको खेलमा हिजो जापान ३–१ गोलले विजयी भएको हो ।
यस्तै हिजोको अर्को खेलमा इरानले सिरियालाई हराउदै क्वाटरफाइनमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि पेनाल्टिमा गएको खेलमा इरानले सिरियालाई ५–३ गोल अन्तरले हराएको हो ।
अब सेमिफाइनल प्रवेशका लागि जापान र इरान भिड्ने छन् ।