Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप : आर्मीले पुलिसलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता फाइनलमा नेपाल पुलिस क्लबलाई १८२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८१ रन बनायो । आर्मीका लागि विवेक यादवले अर्धसतक प्रहार गरे । उनले ६३ रन बनाएर आउट भए ।

अन्तिम ओभरको पाँचौं बलमा विवेक रन आउट भएका थिए । सोमपाल कामीले ५८ बलमा १ चौका र १ छक्कासहित ३९ रन बनाए ।

आर्मीलाई आठौं विकेटका लागि सोमपाल र विवेक यादवले ५९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सोमपाल कुशल भुर्तेलको ३९ औं ओभरको पाँचौं बलमा डीप स्क्वायर लेगमा शंकर रानाबाट क्याच आउट हुन पुगेका थिए।

सोमपाल कामीले ३९, इम्रान शेखले २८, कुशल मल्ल १७, सन्तोष कार्की ७, भिम सार्की ५, कप्तान विनोद भण्डारी २, शाहव आलम २, जितेन्द्र मुखिया २, बसिर अहमद १ र सन्दीप रजाइली शुन्य रनमा आउट भए ।

६९ रनमा ७ विकेट गुमाएको आर्मीलाई सोमपाल र विवेकले उकासेका थिए । आठौं विकेटका लागि सोमपाल र विवेकले ५९ रनको साझेदारी गरेका थिए ।

बलिङमा पुलिसका ललित राजवंशीले र कप्तान दीपेन्द्रसिंह ऐरीले ३/३, सागर ढकाल, कुशल भुर्तेल र करण केसीले १‍/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077