Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आर्मीले जित्यो आहारारा गोल्डकपको उपाधि

    आर्मीले जित्यो आहारारा गोल्डकपको उपाधि

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 837
    SHARES

    काठमाडौं । २३औं आहारारा पोखरा गोल्डकपको उपाधि विभागीय टीम त्रिभुवन आर्मीले जितेको छ।

    पोखरा रंगशालामा भएको फाइनल प्रतिस्पर्धामा पाँच पटकको उपाधि विजेता थ्री स्टारलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलोपटक उपाधि जित्न सफल भएको हो।



    आर्मीलाई उपाधि दिलाउन जितेस्पीजंग कार्कीले खेलको ३८औं मिनेट, फत्तेमान घलेले ८३औं मिनेट र वसन्त जिम्वाले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।



    जितसँगै आर्मीले १२ लाख एक हजार नगद पुरस्कार जितेको छ भने उपविजेतामा चित्त बुझाएको थ्रीस्टारले ६ लाख एक हजार प्राप्त गर्‍यो।

    सहारा क्लब पोखराको अयाोजनामा सम्पन्न प्रतियोगितामा एक विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार