Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भैँसी चोरको साथबाट पेस्तोल र गोली बरामद

सुनसरी । सुनसरीमा भैँसी चोरको साथबाटकटुवा पेस्तोल र गोली बरामद भएको छ ।

हरिनगरा गाउँपालिका-१ हर्षाही बस्ने ४० वर्षीय किसान यादवलाई प्रहरीले कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोलीको खोका एक थानसहित पक्राउ गरेको हो ।

भोक्राहा नरसिंह गाउँपालिका-४ लबटोलिया बस्ने जुगेश्वर यादवको २ वटा भैँसी चोरी गरी भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी चिरौलीबाट खटिएको प्रहरीले चोरीमा संलग्न यादवलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077