Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

    उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 504
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ।

    स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको रिक्त स्थानमा पदपूर्तिका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो ।



    रिक्त २३ पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न सरकारसँग परामर्श गरी उपयुक्त समयमा उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ भएको आयोगले जनाएको छ ।



    सोही प्रयोजनका लागि आयोगले योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो ।

    २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन भएको थियो भने २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो ।

    विभिन्न कारणले निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार