Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

हिउँदे अधिवेशनको पहिलो बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको छ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक साढे १ बजे संसद भवन नयाँ वानेश्वरस्थित शंकर हलमा बस्नेछ ।

बैठकमा प्रतिनिधि सभाको क्यालेन्डर स्वीकृत गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

सभामुख घिमिरेले सातामा तीन दिन सदनको बैठक र अर्को तीन दिन संसदीय समितिको बैठक बस्न मिने गरी क्यालेन्डर प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077