Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सत्ता गठबन्धनको अयोग्यता र स्वार्थले देश छियाछिया भयो : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारको अयोग्यता र संकीर्ण स्वार्थले देश छियाछिया भएको बताएका छन्।

प्रेस चौतारी नेपालको २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । उपाध्यक्ष पौडेलले अहिले मुलुकको परिस्थिति कहालीलाग्दो रहेको बताए।

देशलाई यो ठाउँमा ल्याइपुर्‍याउने काम अहिलेको गठबन्धन सरकारले गरेको उपाध्यक्ष पौडेलले आरोप लगाए।

उपाध्यक्ष पौडेलले भने, 'अहिलेको मुलुकको परिस्थिति साँच्ची नै कहालीलाग्दो छ । गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्तालिप्सा, संकीर्ण स्वार्थले गर्दा देश आज छियाछिया भएको छ ।  अहिले हाम्रो देश मल्टीअर्गन फेलियर भएको मानिसको अवस्था जस्तो बन्न पुगेको छ।'

उपाध्यक्ष पौडेलले शिक्षा, स्वास्थ्य, श्रम रोजगार, अन्तर्राष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था नरहेको बताए ।

उनले प्रतिपक्षका जायज आवाज सुन्ने खालको अभ्यास हुनुपर्ने भए पनि अहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही दृष्टिकोणका साथ व्यवहार गरिरहेको बताए ।

उपाध्यक्ष पौडेलले सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरूलाई ठेगान लगाउन सकिँदैन कि भन्ने अनुभुति भइरहेकाले सबै वर्गका समुदायलाई साथमा लिएर सडकबाट पनि सशक्त दबाब सिर्जना गर्नुपर्ने परिस्थिति बनिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077