Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सभामुख घिमिरेद्वारा बैठकमा अध्यक्षता गर्न ७ सदस्य मनोनयन

काठमाडौं । सभामुख देवराज घिमिरेले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गरेका छन्।

आज सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गरेका हुन्।

सभामुखमा सांसद ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ, रामकृष्ण यादवलाई मनोनयन गरिएको छ ।

सभामुख घिमिरेले प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077