Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्क्वायर होटेलकी अर्की सञ्चालक रोमी पनि पक्राउ

काठमाडौं । ललितपुरको पुल्चोकस्थित स्क्वायर होटेलका अर्का सञ्चालक रोमी अर्याललाई पनि पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले रोमीलाई पक्राउ गरेको हो। होटेलकी अर्की सञ्चालिका ललिता भण्डारीले यसअघि नै प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेकी थिइन्।

भण्डारी अहिले हाजिर जमानीमा छुटेकी छिन्। उनीहरूविरुद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएको थियो।

ललितपुर महानगरपालिका वडा नम्बर–३ मा सञ्चालित होटेल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए।

भदौ १४ मा घाइते भएका उनी अहिले पनि अचेत अवस्थामा छन्। होटेलका संचालकहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।

उजुरीपछि होटेल सञ्चालक दुवैजना पक्राउ परेका हुन् । ललितपुरको जावलाखेलका ४१ वर्षीय शाक्य झन्डै पाँच महिनादेखि अचेत अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077