Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा सांसदहरूलाई निर्देशन - संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नू

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले संसदको जारी अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएको हो ।

महत्वपूर्ण विधेयकको छलफलका क्रममा उपस्थिति जनाउन र पार्टीको धारणा अभिव्यक्त गर्न बैठकले सांसदहरूलाई निर्देशन दिएको बताइएको छ ।

संसदको हिउँदे अधिवेशनमा सांसदको भूमिका र अधिकभन्दा अधिक बैठकमा भाग लिएर विधेयकहरूलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

संसदको क्यालेन्डरलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्नेमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077