Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आज राष्ट्रियसभाको बैठक पनि बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बैठक बस्न लागेको हो ।

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले राष्ट्रियसभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।

त्यसैगरी अर्थमन्त्री डा.रामशरण महतले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।

त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० सम्बन्धि विधायन व्यवस्थापन समितिको प्रतिवेदन पनि पनि बैठकमा पेस गर्ने लगायतका कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077