Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नक्कली नोटसहित जितपुरबाट ५ जना पक्राउ

    नक्कली नोटसहित जितपुरबाट ५ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ माघ २०८०
  • 447
    SHARES

    बारा । बारा प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय बाराको टोलीले नक्कली नेपाली नोटसहित ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।



    पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ का ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बाराको परवानीपुर गाउँपालिका–५ का सुमित साह, सोही ठाउँका सन्तोष पटेल, पर्साको वीरगञ्ज महानगरपालिका–१० का विशालकुमार श्रीवास्तव र सोही ठाउँका निरज श्रीवास्तव छन्।



    उनीहरुलाई बाराको जितपुर बजारबाट बुधबार पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

    उनीहरुबाट १ हजार दरका ६१ थान नोट र भारतीय सीमकार्ड र ७ थान मोबाइल समेत बरामद भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार