Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • इप्रका अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब

    इप्रका अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 1.3K
    SHARES

    बारा । इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल नै गायब भएको छ।

    वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल (सर्विस रिवल्वर)सोमबार रातिदेखि गायब भएको हो।



    वरिष्ठ सई बिसी सोमबार रातिमा गस्ती गएको र सोही क्रममा उनले बोकेको गोली लोड अवस्थाको पेस्तोल हराएको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय बाराले १० वटा गोली लोड रहेको पेस्तोल हराएको घटनाको पुष्टि गरेको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार