Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एकल महिलालाई प्रेमको जालोमा पारेर ठगी गर्ने सई निलम्बित

    एकल महिलालाई प्रेमको जालोमा पारेर ठगी गर्ने सई निलम्बित

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । एकल महिलालाई बिहे गर्ने आश्वासन दिई ठगी गरेको र शोषण गरेको आरोपमा प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकारी कारबाहीमा परेका छन्।

    सवारी महाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक(सई) मदन तामाङलाई मङ्गलबार निलम्बन गरिएको हो ।



    उनले एक महिलालाई विभिन्न आश्वासन दिएर ५४ लाख रुपैयाँ ठगी गरेको छानबिनबाट पुष्टि भएपछि निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए।



    पीडित महिलाले छ महिना अगाडि नै उजुरी दिएकोमा बल्ल छानबिन र कारबाही अघि बढेको हो।

    सइ तामाङकी श्रीमतीले समेत ठगीमा सहयोग गरेको छानबिनबाट खुलेको छ।

    पीडित एकल महिलालाई तामाङले आफू अविवाहित रहेको भन्दै झुक्याएका थिए।

    प्रेमको नाटक गरेर उनले ठगी गरेको छानबिनबाट पुष्टि भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार