Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • दुई महिनामै तानिए सिन्धुलीका एसपी

    दुई महिनामै तानिए सिन्धुलीका एसपी

    अनलाइन नेपाल
  • सोमबार, १० बैशाख २०८१
  • 2.6K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले सिन्धुलीका एसपी बिनोद शर्मालाई हटाएको छ ।

    आर्थिक अनुशासन कायम राख्न नसकेको आरोपमा कारबाही स्वरुप उनलाई हटाइएको स्रोत बताउँछ ।



    सिन्धुलीका क्रसरसँग मिलेर असुली धन्दा चलाएको उजुरी परेपछि उनको सरुवा भएको हो ।



    शर्माको गत फागुन २ गते सिन्धुलीमा सरुवा भएको थियो । सिन्धुलीमा नयाँ एसपी पठाइएको छैन ।

    शर्मा यसअघि डिएसपी हुँदा पनि विवादमा परेका अधिकृत हुन् ।

    पछिल्लो समय प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोरी देखिएका एसपीलाई तत्काल नै हटाउने नीति लिएको छ ।

    यसअघि बाँके, बारा, सर्लाही, रौतहट र महोत्तरीका एसपीलाई कारबाहीस्वरुप सरुवा गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार