Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गर्भवती महिला प्रहरीलाई अब छुट्टै पोसाक

    गर्भवती महिला प्रहरीलाई अब छुट्टै पोसाक

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 6K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले गर्भवती महिला कर्मचारीका निम्ति छुट्टै पोसाकको व्यवस्था गरेको छ ।

    अहिलेकै पोसाकमा गर्भवती महिला प्रहरीलाई ड्युटी गर्न गाह्रो हुने भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सहज हुने पोसाक दिने निर्णय गरेको छ ।



    नेपाल प्रहरीमा रहेको ८० हजार जनशक्तिमा सात हजार महिला प्रहरी कर्मचारी छन् । देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै पोसाक सिलाएर पठाएको छ।



    पहिलो चरणमा करिब ३०० गर्भवती महिला कर्मचारीका निम्ति पोसाक तयार पारिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    प्रहरी समन्वय समिति (पीसीसी)को बैठकबाट छुट्टै कार्यविधि बनाएर गर्भवती महिला कर्मचारीका लागि पोसाक तयार पारिएको जनाइएको छ ।

    गर्भवती महिला प्रहरीका निम्ति यसअघि छुट्टै पोसाक थिएन । प्रहरीको नीति समन्वय समितिको बैठकले डाक्टर तथा नर्सहरूले प्रयोग गर्ने गाउनजस्तै पोसाक गर्भवती महिला प्रहरीलाई दिने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार