Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सुन तस्करीबारे बयान दिन पूर्वसभामुख महरा सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सुन तस्करीबारे बयान दिन सिंहदरबारस्थित सुन छानबिन समितिको कार्यालयमा पुगेका छन्।

पूर्वसभामुखसमेत रहेका महरा समितिले बोलाएपछि अहिले समितिको कार्यालयमा पुगेर बयान दिएका हुन्।

विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएको थियो ।

सीआईबीले महराको बयान कायज गराएर उनलाई प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ यसअघि अनुसन्धान अधिकृतहरूसँग बताएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भेप बरामद गरेपछि छुटाउनलाई उनले तत्कालीन भन्सारका प्रमुख प्रशासकलाई फोन गरेका गरेका थिए ।

शंका लागेपछि भन्सारले जाँच गर्दा गोदाममा भएको भेप नै परिवर्तन गरिएको खुलेको थियो । समितिले भेपमार्फत भएको सुन तस्करी, ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन तस्करी लगायतका मामलामा छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077