Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जाँचबुझ आयोगले पूर्वसभामुख महरासँग लियो डेढ घण्टा लामो बयान

काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ ।

आयोगले बिहीवार सिंहदरवारमा बोलाएर नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरासँग बयान लिएको हो ।

पूरानो गृह मन्त्रालयको कार्यालयमा रहेको आयोगले ६० किलो र ९ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरासँग डेढ घण्टा बयान लिइएको स्रोतले बतायो ।

आयोगका पदाधिकारीहरुले महरासँग इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी भएको घटनामा उनको संलग्नताबारे प्रश्न गरेका थिए ।

सीआईबीले महराको बयान कायज गराएर उनलाई प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ उनले यसअघि सीआईबीका अनुसन्धानमा बताएका थिए ।

सुन तस्करीमा संलग्न एक चिनियाँ व्यापारीसँग महराले पटक–पटक टेलिफोन गरेको तथ्य फेला परेको थियो ।

विमानस्थल भन्सारमा रहेको सुन छुटाउन महराले पटक पटक कमचारीलाई दबाब दिएका थिए ।

सुन तस्करी प्रकरणमा महराका छोरा राहुललाई सीआईबीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077