Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विध ल्यावका सञ्चालक भीमकान्तसँग सुन छानबिन समितिले लियो बयान

काठमाडौं । सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

सिंहदरवारस्थित गृहमन्त्रालयको पुरानो भवनमा रहेको कार्यालयमा आयोगले सञ्चालक भण्डारीसँग बयान लिएको हो ।

६० किलो सुन तस्करी प्रकरण मुछिएका भण्डारीसँग यसअघि पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोधपुछ गरेको थियो ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि उनी छानबिनको दायरामा परेका हुन्।

भण्डारी भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमासमेत जोडिएका थियो ।

यसअघि समितिले नेकपा माओवादीका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग डेढ घण्टा लामो बयान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077