Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलले गरे क्यानडा र पोर्चुगलका लागि आवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि आवासीय राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा भरतराज पौडेललाई क्यानडा र शनिल नेपाललाई गणतन्त्र पोर्चुगल लागि राजदूत नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका थिए । सम्बन्धित देशले अग्रिमो पठाएपछि राष्ट्रपतिले राजदूत नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077